शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक सहायताले नेपालको आत्मसम्मानमा चोट पुर्याइरहेको छ : गोकर्ण विष्ट

शनिबार, १४ जेठ २०७९, १३ : ५६
शनिबार, १४ जेठ २०७९

सांसद गोकर्ण विष्टले नेपालले लिने वैदेशिक सहायताले देशको आत्मसम्मानमा चोट पुर्याइरहेको बताएका छन् । उनले शनिबार संसदको प्रि–बजेट छलफलमा बोल्दै वैदेशिक सहायताको नाममा जस्तासुकै सर्त स्वीकार्ने क्रममा देशको आत्मसम्मानमा चोट पुर्याइरहेको बताए ।

उनले विगत ७ दशकदेखि नेपालले विदेशी मुलुकको सहायता लिने गरेको बताए । ‘वैदेशिक सहयोग प्राप्त गर्ने नाउँमा राष्ट्रको स्वाधिनता, सम्मान र स्वाभिमानलाई बन्धक राखिरहेका छौं,’ उनले भने, ‘अवाञ्छित सर्तहरूलाई स्वीकारिरहेका छौं । यसलाई हामीले समीक्षा गर्न जरुरी छ । पुनरावलोकन गर्न जरुरी छ ।’

वैदेशिक सहयोगको नाममा जुन प्रकारका सर्त पनि स्वीकार्ने क्रमले नेपाललाई पराधिन बनाइरहेको विष्टको भनाइ छ । त्यसैले अब नेपालले लिँदै आएको वैदेशिक सहायतालाई पुर्नविचार गर्नुपर्ने र सहायतालाई प्रविधि र ज्ञानमा बदल्नुपर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप