शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेख र कालापानी छुट्यो, खुट्टा नकमाउनुस्’

शनिबार, १४ जेठ २०७९, १३ : ३५
शनिबार, १४ जेठ २०७९

नेकपा माओवादी (केन्द्र)का नेता गिरिराजमणि पोखरेलले सरकारले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेख र कालापानी छुटाएको बताएका छन् । उनले शनिबार संसदमा भएको प्रि–बजेट छलफलमा सरकारले ती तीन स्थानको विषय छुटाएकाले त्यसमा खुट्टा नकमाउन सरकारलाई अनुरोध गरे ।

यसैगरी, नीति तथा कार्यक्रममा अन्तरमन्त्रालय समन्वय कसरी गर्ने भन्ने विषयमा समेत उल्लेख नभएको पोखरेलले बताए । यसका साथै, सुर्तीजन्य वस्तुको प्रयोगका विषयमा समेत सरकार चुप बसेकोमा उनले गुनासो गरे । 

यसबाहेक कृषि क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउने, माटो परीक्षण गर्ने, सिञ्चाई सुविधा विस्तार गर्ने, उत्पादन बढाउने दशकव्यापी अभियान र स्वास्थ्य क्षेत्रमा लिइएको नीति उपयुक्त भएको उनको भनाइ छ । यसैगरी, वि.स. २०८६ साल भित्रै दिगो विकासको लक्ष्य पुरा गर्ने विषय समेत उत्कृष्ट रहेको पोखरेलले बताए ।

यसैगरी, नेपाल आयल निगमको एकाधिकार र चुहावट घटाउन समयमै सचेत बन्नुपर्ने बताउँदै उनले अत्याधिक खर्च घटाउने र पेट्रोलियम पदार्थको खपत घटाउनतर्फ ध्यान केन्द्रीत गर्नुपर्ने पोखरेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप