एनआरएनए राष्ट्रिय समन्वय परिषद साउदी अरब तदर्थ समिति गठन
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) साउदी अरब, तदर्थ समितिको गठन गरिएको छ। गत मार्च २२–२५ सम्म काठमाण्डौमा सम्पन्न संघको १० औं महाधिवेशनबाट गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) लाई विश्वभरि नै बिस्तार गर्ने योजनाअनुरुप यो समिति गठन गरिएको हो।
पहिलो प्राथमिकतामा अध्यावधिक एनआरएनए एनसीसीहरुलाई साझेदारीमा काम गर्न मे १५, २०२२ सम्मको म्याद दिएर पत्राचार गरिएको थियो। सो म्याद अनुसार नभएपछि विकल्पमा तदर्थ समिति गठन गर्ने अभियान सुरु गरिएको हो। अध्यक्ष बिनोद कुँवर नेतृत्व कार्यकालमा पहिलो तदर्थ समिति नै साउदी अरब भएको छ।
यसअघि साउदी अरबमा तदर्थ समिति गठन गर्न धेरै पटक तयारी बैठक भएका थिए। मे २६, २०२२ बिहिबार साँझ बसेको बैठकबाट कमल शाहीको संयोजकत्वमा ९ सदस्य राष्ट्रिय समन्वय परिषदको तदर्थ समिति साउदी अरब गठन भएको छ। सो समितिलाई मे २७, २०२२ शुक्रबार नै एनआरएनए आइसीसीले मान्यता प्रदान गरिएको पत्र प्रदान गरेको छ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदले तदर्थ समिति साउदीलार्इ संघको विधान २००३ को संशोधनसहित २०२१ अनुसार काम कार्बाही अघि बढाउन निर्देशन गरेको छ। यसका साथै छिटै नै दुवै पक्षबीच सहकार्यको लागि सम्झौता गरिने जनाइएको छ।
यी हुन् तदर्थ समिति साउदी अरबका पदाधिकारीहरु
संयोजक –कमल शाही, रियाध
सहसंयोजक– राजु के सी, दमाम
सदस्य– अनुशा तामाङ, अल कासिम
सदस्य– बिल्टु मुखिया, रियाध
सदस्य– अर्जुन क्षेत्री, खोबर
सदस्य– सुमन दाहाल,अल कासिम
सदस्य– चन्दर कान्त चुदाली, जोद्धा
सदस्य– कमल पाठक, याम्बु
सदस्य– दिपेन्द्र थापा, जुबैल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्ष उत्कृष्ट न्यायाधीशबाट दुई न्यायाधीश सम्मानित
-
जसपा नेपालले बोलायो विभाग र भातृ संगठनको बैठक
-
भारतले किन खोल्न थाल्यो उत्तर कोरियामा बन्द भएको दूतावास ?
-
फर्किएका आप्रवासी श्रमिकहरूको पुनः एकीकरणका लागि सचेतना अभियान
-
भुटानको दुई उमेर समूहको महिला फुटबल टोली नेपालमा
-
अश्विनको संन्यासबारे कोहलीको भावुक पोस्ट