शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओलीलाई प्रचण्डको जवाफ– हाम्रो सहयोगले दुईपटक प्रधानमन्त्री बन्नुभएको हो

शनिबार, १४ जेठ २०७९, ०६ : ००
शनिबार, १४ जेठ २०७९

नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको वैशाखीका कारण नभई सहयोगका कारणले दुई–दुई पटकसम्म केपी ओली प्रधानमन्त्री बनेको बताएका छन् । उनले शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्दै माओवादीको वैशाखी नभई सहयोगकै कारणले ओली प्रधानमन्त्री बनेको जवाफ फर्काएका हुन् ।

यसअघि, अघिल्लो बैठकमा बोल्दै ओलीले नेकपा एमाले कसैको वैशाखी नटेक्ने बताएका थिए । त्यसको जवाफ दिँदै प्रचण्डले दुई–दुई पटक आफ्नो सहयोगमा प्रधानमन्त्री बनेका व्यक्तिले त्यस्तो कुरा गर्न नसुहाउने बताए । यसअघि, गरिएको बाम गठबन्धनका कारण ओलीको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार बनेकाले त्यो एमालेको सरकार नभएको प्रचण्डले प्रष्ट्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप