बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीलाई प्रचण्डको प्रश्न– पार्टीभित्रको अन्तर्घात कि सरकारका कारणले पराजय ब्यहोरेको ?

शनिबार, १४ जेठ २०७९, ०६ : ०१
शनिबार, १४ जेठ २०७९

नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलेका दुई थरी कुरा आफुले बुझ्न नसकेको बताएका छन् । उनले ओलीले निर्वाचनका विषयमा दिएको दुई थरी अभिव्यक्ति आफुले नबुझेको बताएका हुन् ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले भने, ‘ओलीले एक ठाउँमा आन्तरिक अन्तर्घातका कारण निर्वाचनमा पराजय ब्यहोरेको भनेका छन् । यस्तै, प्रतिनिधिसभामा बोल्दै सरकारका कारणले निर्वाचनमा पराजय ब्यहोरेको बताएका छन् ।’ यी दुईमध्ये कुन कारणले निर्वाचनमा पराजय ब्यहोरेको भन्दै प्रचण्डले ओलीमाथि प्रश्न गरे ।

‘अन्तर्घात मूख्य हो वा निर्वाचनको समयमा सरकारले गरेका गतिविधि र लिएको नीति मूख्य हो,’ प्रचण्डले प्रश्न गरे । यद्यपि, निर्वाचनमा भएका कमी कमजोरी र राजनीतिक दलहरूले पनि कमी कमजोरीलाई आगामी दिनमा सच्याउन पर्ने प्रचण्डको भनाइ छ । तर, मतगणना गर्दै गर्दा आफ्नो पक्षमा मत नदेखिएपछि सरकारमाथि धारे हात लगाउने विषय उचित नभएको उनको भनाई छ ।

उनले विगतमा देशको विकास गर्न र तत्कालीन परिस्थितिमा वाम गठबन्धन गर्ने क्रमलाई अघि बढाइएको बताए । ‘हिजो बाम गठबन्धन गरेका थियौं । एउटै कम्युनिष्ट पार्टी बनाउने पहलकदमी पनि लियौं,’ प्रचण्डले भने, ‘त्यो घटनाक्रमले हाम्रो संवैधानिक व्यवस्थामा असम्भव जस्तै ठानिएको दुई तिहाई बहुमतको स्थितिमा पार्टीलाई पुर्याएका थियौं । यसको समीक्षा हुँदै जानेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप