शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

सरकारले जनताका योजना र पीडाहरुलाई सम्बोधन गर्न सकेन : पूर्व अर्थमन्त्री ढुङ्गेल

शनिबार, १४ जेठ २०७९, १२ : ३०
शनिबार, १४ जेठ २०७९

बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकार परिवर्तन भएपनि सरकारका प्राथमिकताको क्षेत्र परिवर्तन हुन नसकेको बताएका छन् । शनिबार बसेको प्रदेशसभाको दशौं अधिवेशन अन्तर्गतको तेस्रो बैठकमा विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकता माथि छलफलमा भाग लिँदै उनले सरकारले विगतको भन्दा पनि कमजोर योजनाहरु ल्याएको बताए ।

उनले सरकारले जनताको योजना र पीडाहरुलाई सम्बोधन गर्न नसकेको समेत बताए । वर्तमान सरकारले अघिल्ला सरकारले ल्याएको योजनाहरु कटौती गर्ने काम मात्र गरेको आरोप लगाए । मूल्यवृद्धिका कारण जनताहरु दैनिक उपभोग्य वस्तुहरु खरिद गर्न नसक्ने अवस्थामा पुगेको बेला सरकारले जनताको पीडालाई सम्बोधन गर्न नसकेको उनको भनाई छ । उनले किसानहरू मल नपाएर समस्यामा परेका बेलामा सरकारले त्यसतर्फ ध्यान दिन नसकेको बताए ।

नेता ढुङ्गेलले गठबन्धन नेतृत्वको सरकारले काम चलाउनका लागि मात्र बजेट ल्याउन उद्धत रहेको आरोप समेत लगाए । उनले एमालेलाई हराउनका लागि नै वर्तमान सरकारले निर्वाचनको सामिप्यतामा ऐन विपरित २३०० योजनाहरु बाँड्ने काम गरेको बताए ।

नेता ढुङ्गेलले वर्तमान सरकारले अघिल्लो सरकारले नै ल्याएको बजेटको सिद्धान्त र प्राथमिकताको विषयहरु ल्याएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप