मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

नीति तथा कार्यक्रमले आयात प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धनमा जोड दिएको छ – प्रचण्ड

शनिबार, १४ जेठ २०७९, ०६ : ०५
शनिबार, १४ जेठ २०७९

नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले ल्याएको नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताएका छन् । उनले प्रतिनिधिसभा संसदको प्रि–बजेट छलफलमा बोल्दै नीति तथा कार्यक्रमले आत्मनिर्भर उन्मुख अर्थतन्त्रलाई जोड दिएकाले स्वागतयोग्य रहेको बताएका हुन् ।

‘नीति तथा कार्यक्रमले आयात प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धन गर्ने र कृषि उत्पादनमा जोड दिएको छ,’ उनले भने, ‘ऊर्जा र पर्यटनमार्फत अर्थतन्त्रको पुनरुत्थान गर्ने मनसाय प्रष्ट छ ।’ यद्यपि, सरकारले ल्याएको नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव र र सुझाव समेत आएकाले त्यसलाई प्रधानमन्त्रीले समेट्नेमा उनी विश्वस्त देखिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप