देशको अर्थतन्त्र समस्याग्रस्त हैन, संकटग्रस्त छ : गगन थापा
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले देशको अर्थतन्त्र समस्या ग्रस्त मात्र नभई संकटग्रस्त हुँदै गएको बताएका छन् । उनले प्रतिनिधिसभामा प्रि–बजेट छलफलमा सम्बोधन गर्दै अर्थतन्त्र संकटग्रस्त हुँदै गएको बताएका हुन् । ‘अर्थतन्त्रमा जोखिम आइसक्यो । त्यसैले जोखिम सम्बोधन गर्न सरकारले नै सबैभन्दा बढी ध्यान दिनुपर्छ,’ थापाले भने, ‘आजको सबैभन्दा ठूलो चूनौति व्यापारघाटा हो ।’ पछिल्लो १० महिनामा नेपालले १६ खर्बको आयात गर्दा १ खर्बको सामान बेच्नु अर्थतन्त्रको सबैभन्दा ठूलो चूनौति भएको थापाले बताए ।
‘नेपालजस्तो अर्थतन्त्र भएको मुलुकलाई सबैभन्दा ठूलो चूनौति नै व्यापार घाटा हो,’ थापाले भने, ‘कतिपय देशलाई व्यापारघाटा ठूलो चूनौति होइन । तर, नेपालजस्तो अर्थतन्त्र भएको मुलुकमा यो समस्या हो ।’ खासगरी, पेट्रोलियम पदार्थको बढ्दो आयात नै व्यापारघाटा न्यूनीकरणको चूनौति भएको थापाको भनाइ छ ।
कृषि प्रधान देश भनिएपनि सबैजसो कृषिजन्य वस्तुको आयात बढ्दा समेत देशको अर्थतन्त्र झन संकटतर्फ मोडिएको थापाले बताए । अहिलेकै तरिकामा अघि बढ्दा देशको अर्थतन्त्र क्र्यास हुन सक्नेमा उनले चिन्ता व्यक्त गरे । यसैगरी, नेपाल आत्मनिर्भरउन्खु औद्योगिक उत्पादनको आयात घटाउन सरकारलाई उनले आग्रह गरे ।
‘हामी सुपारी र मरिच ल्याउँदैनौँ । अन्य नचाहिने वस्तुको आयात समेत गर्दैनौं भनेर सरकारले भन्नुपर्छ,’ थापाले भने, ‘सरकारले यसो भनेपछि मात्रै सर्वसाधारणले पनि नचाहिने वस्तुको खरिद गर्दैनन् । जसले आयात घटाउँछ ।’ यस्तै, खुला सिमानाको दुरुपयोग गर्दै भइरहेको टेक्सटायल र जुत्ता चप्पलको चोरी पैठारीलाई रोक्न सम्पूर्ण सरकारी संयन्त्र नै सक्रिय हुनुपर्ने थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा