यो चुनावी सरकार हो, पपुलिस्ट बजेट ल्याउन पाउँदैन : पूर्वअर्थमन्त्री पौडेल
नेकपा एमालेका नेता विष्णु पौडेलले वर्तमान सरकार चुनावी सरकार भएकाले दीर्घकालिन महत्वका आयोजना अघि बढाउन नपाउने बताएका छन् । आज संसदको प्रि–बजेट छलफलमा बोल्दै उनले सरकारले दीर्घकालिन महत्वका आयोजनालाई निर्धक्क अघि बढाउन नपाउने बताएका हुन् ।
‘आउँदो मंसिरमा चुनाव गर्नुपर्ने स्थिति छ,’ पौडेलले भने, ‘त्यसैले दीर्घकालिन दायित्व थप्ने काम यो सरकारले गर्न पाउँदैन ।’ उनले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीबाट बनाउने निर्णय हावादारी भएको समेत बताए । ‘बजेट स्रोतको सिमामा नरहने र स्रोतभन्दा बाहिर जाने जोखिमको निम्त्याएको छ,’ उनले भने, ‘यो सरकार चुनावी सरकार हो । हामीले मंसिरभित्र चुनाव सम्पन्न गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।’
त्यसैले, सरकारले आर्थिक दायित्व थपिने प्रकृतिका र आगामी चुनावपछि आउने सरकारलाई बोझ थप्ने खालका योजना ल्याउन नपाउने उनको भनाइ छ । ‘यो सरकारलाई पपुलिस्ट कार्यक्रम ल्याउने अनुमति छैन,’ पौडेलले भने, ‘यस्तै, अहिले केही मिडियामा बजेटका सूचना चुहिएको छ । यसले बजेटका सूचना चुहिएको देखिन्छ । बजेटको गोपनियता राख्न सरकारले सकेको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिराज भट्ट ‘राम नाम सत्य’ मा अनुबन्ध
-
अमेरिकामा हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु
-
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण
-
प्रहरी स्टाफ कलेजविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा
-
‘पाकिस्तानसँग हार्ने डरले शारजहाँबाट खेल छोडेर भागेको बिर्सनुभयो ?’
-
अतिरिक्त भन्सार महसुलको चिन्ताले अमेरिका र एशियामा शेयर बजार चौपट