
नेपालले आज टिमोर लेस्टेसँग खेल्दै

नेपाली राष्ट्रिय फुटबल टोलीले आज शनिबार टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्दैछ । एएफसी एसियन कप छनोटको तयारीमा कतारमा रहेको नेपालको खेल दोहाको ग्राण्ड हमाद स्टेडियमा नेपाली समय अनुसार राति ९ः ४५ बजे सुरु हुनेछ ।
एसियन कप छनोट अघि दोहामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ । सोहीअनुसार पहिलो खेलमा टिमोर लिस्टेसँग खेल्न लागेको हो । नेपालले जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल्ने तालिका रहेको छ । नेपाली टोली कतारबाटै छनोटका लागि कुवेत जानेछ ।
छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ