बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

टोखामा नगरकार्यपालिका सदस्यको निर्वाचन सम्पन्न

शनिबार, १४ जेठ २०७९, ०७ : २६
शनिबार, १४ जेठ २०७९

काठमाडौँको टोखा नगरपालिकामा नगरकार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै नगर कार्यपालिकाको निर्वाचन सम्पन्न भएको हो । टोखा नगरपालिकाका निर्वाचन अधिकृत सविता शर्माले पाँच महिला र तीन दलित तथा अल्पसङ्ख्यक सदस्य गरी आठ सदस्यको निर्वाचन सम्पन्न भएको जानकारी दिइन् । उनका अनुसार पाँच महिला सदस्यमा नेकपा एमालेका उम्मेदवार सुनिता श्रेष्ठ परियार नेपाली, सायरा परियार, जगतमाया प्रजापति महर्जन, लिलादेवी अधिकारी र शान्ता राई रहेका छन् । 

यस्तै, दलित तथा अल्पसङ्ख्यक सदस्यमा एमालेकै बच्चुराज बस्याल, सरिता घले र प्रेमकुमार सुनुवार निर्वाचित भएको निर्वाचन अधिकृत शर्माले बताइन् । नवनिर्वाचित कार्यपालिका सदस्यलाई शुक्रबारै प्रमाणपत्र वितरण गरिएको छ । अन्तिम मतपरिणाम आएको तीन दिनभित्र कार्यपालिकाको निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने र १५ दिनभित्र निर्वाचन सम्पन्न गरिसक्ने गाउँ तथा नगर कार्यपालिका सदस्य निर्वाचन निर्देशिका–२०७८ मा व्यवस्था रहेको छ ।

वैशाख ३० गते सम्पन्न निर्वाचनमा टोखा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारी र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार मुरारी तामाङ विजयी भएका थिए । यस्तै, टोखाको अधिकांश वडामा पनि नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । टोखा नगरपालिकामा ११ वडा रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप