शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि

शनिबार, १४ जेठ २०७९, ०५ : ५९
शनिबार, १४ जेठ २०७९

कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा जेठ १९ देखि असार ३ सम्म सञ्चालन हुने जनाइएको हो । यसअघि वैशाख २६ देखि सञ्चालन गर्ने भनिए पनि स्थानीय तहको निर्वाचनका कारण स्थगन गरिएको थियो ।

ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कुटुवालले परीक्षा अवधिमा सार्वजनिक बिदाका दिनबाहेक अन्य दिन दैनिक तीन सिफ्टमा छ सय जनाको दरले परीक्षा दिन सक्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप