बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वमा खाद्यान्न अभावका लागि अमेरिका जिम्मेवार : रुस

शनिबार, १४ जेठ २०७९, ०५ : ४६
शनिबार, १४ जेठ २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको बन्दरगाह प्रतिबन्ध विश्वव्यापी खाद्यान्न अभावको कारण भएको कुरा अस्वीकार गरेका छन्। अस्ट्रियाका चान्सलर कार्ल निहमासँगको फोन वार्तापछि पुटिनले खाद्यान्न अभावको वास्तविक कारण अमेरिका र युरोपले रुसमाथि लगाएको प्रतिबन्ध रहेको बताएका हुन् ।

सोही क्रममा कार्ल निहमाले रुसी राष्ट्रपतिसँग ४५ मिनेटको कुराकानीबारे दुवैले गम्भीर विषयमा छलफल भएको बताए । उनले राष्ट्रपतिसँग युद्धको यथार्थबारे कुरा गर्नु महत्त्वपूर्ण भएको जिकिर गरे । उनले राष्ट्रपति पुटिनले शुक्रबारको फोनवार्तामा रुसले आफ्नो प्राकृतिक ग्यास आपूर्ति प्रतिबद्धताहरू पूरा गर्ने र युक्रेनसँग कैदीहरु साटासाटबारे वार्ता गर्न खुला रहेको बताए।  रुसले पनि ८० प्रतिशत ग्यास रुसबाट प्राप्त गर्ने अस्ट्रियालाई आश्वासन दिएको भन्दै छुट्टै विज्ञप्ति जारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप