पूर्वी टिमोरमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
पूर्वी टिमोरको तटीय क्षेत्रमा शुक्रबार ६.१ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ । यद्यपि क्षतिको तत्काल विस्तृत विवरण भने आएको छैन । यस भूकम्पले हिन्द महासागर क्षेत्रमा सुनामी उत्पन्न गर्न सक्ने सुनामी सल्लाहकार समूहले जानकारी दिएका छन् ।
पूर्वी टिमोर र इन्डोनेसिया बीचमा विभाजित टिमोर टापुको पूर्वी सिराबाट ५१.४ किलोमिटर गहिराइमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । पूर्वी टिमोरको राजधानी डिलीमा एएफपी समाचार समितिका एक पत्रकारले भूकम्पको धक्का महसूस गरेको, तर मानिसहरू सामान्य रूपमा आफ्नो गतिविधिमा गएका बताएका छन् ।
सन् २००४ मा सुमात्राको तटीय क्षेत्रमा गएको ९.१ म्याग्नीच्युडको भूकम्पले इण्डोनेसियाका एक लाख ७० हजार नागरिकलगायत दुई लाख २० हजार व्यक्तिको मृत्यु भएको थियो । तेह्र लाख जनसङ्ख्या भएको पूर्वी टिमोर दक्षिणपूर्व एशियाको सबैभन्दा कान्छो देश हो । यस देशले हालै मात्र इन्डोनेसियाबाट स्वतन्त्र भएको आफ्नो २० औं वार्षिकोत्सव मनाएको छ ।
अधिकांश ग्रामीण क्षेत्र रहेको यस देशको अर्थतन्त्र कोभिड–१९ को महामारीले नराम्ररी प्रभावित भएको छ । विश्व बैंकले ४२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या