बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भाइबर बिजनेस मेसेजहरूका लागि तीन महिनाको ‘फ्री ट्रायल’ उपलब्ध गराउँदै राकुटेन भाइबर

शुक्रबार, १३ जेठ २०७९, २२ : १८
शुक्रबार, १३ जेठ २०७९

कम्यूनिकेसनमा विश्वमै अगाडि रहेको  राकुटेन भाइबर यस पल्ट ब्राण्डहरूका लागि पनि उत्तम विकल्प बनेको छ । कुराकानीलाई रोमाञ्चक, आकर्षक र सुरक्षित बनाउनु नै भाइबरले प्रदान गर्ने सबै सुविधाहरूको उद्देश्य हो । 

संवादको उदय भइरहेको अवस्थामा कम्पनीहरूलाई उपभोक्ताहरूसँग व्यक्तिगत रूपमा जोडिन मद्दत पुर्याउने अभिप्रायको साथ इङ्गेजिङ कन्भर्सेसन  भाइबरले प्रदान गर्ने प्रत्येक सेवारसुविधाको केन्द्रमा रहेको जनाइएको छ । व्यवसायहरूले प्रोमो अवधिमा ग्राहकहरूसँग तीन महिनाका लागि कन्भर्सेसनल भाइबर बिजनेस मेसेज निःशुल्क प्रयोग गर्न सक्ने राकुटेन भाइबरले जनाएको छ । 

ट्रायल पहिलो पटक कन्भर्सेशनल मेसेजहरू पठाउने कुनै पनि नयाँ वा अवस्थित बिजनेस मेसेज खातामा उपलब्ध गराइएको छ । यस प्रोमो जुन ३० २०२२ सम्म ग्लोबल मार्केटहरूमा रहने जनाइएको छ । यस अवधिमा पहिलो पटक कन्भर्सेशनल मेसेज पठाउने कुनै पनि ब्राण्डले पहिलो मेसेजको मितिदेखि यो सुविधा ९० दिनसम्म  निःशुल्क  प्राप्त गर्ने छ । 

यसमा के छ ? 

भाइबरमा सेसनको हिसाबमा “कन्भर्सेसनल मेसेजहरूको हिसाब राखिने छ । एक सेसन २४ घण्टाको हुन्छ, जसमा ब्राण्ड र प्रयोगकर्ताहरूले संवादको बखत बहुसङ्ख्यामा मेसेज आदानप्रदान गर्न सक्नेछन् —यस समयावधिमा एउटा ब्राण्डले ६० वटा मेसेजसम्म पठाउन सक्नेछ । यस सेसन प्रयोगकर्ताले ब्राण्डलाई मेसेज पठाएपश्चात सुरु हुनेछ तर ब्राण्डलाई भने प्रयोगकर्तालाई जवाफ लेखेपछि मात्र शुल्क लाग्ने छ । सेसनले ब्राण्ड र प्रयोगकर्तालाई वास्तविक कुराकानी गर्न मद्दत गर्छ —संवाद जसले ब्राण्डलाई आफ्ना समस्याहरू हल गर्दै ग्राहक श्रोतासँग सम्बन्ध गाँस्न मद्दत गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप