सुपर लिग क्रिकेट : महेन्द्रनगर क्रिकेट क्लब फाइनल प्रवेश
धनगढीमा जारी ‘धनगढी सुपर लिग’ टि—२० प्रतियोगिताअन्तर्गत आज भएको खेलमा महेन्द्रनगर क्रिकेट क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएको लिग चरणको अन्तिम खेलमा देउखुरी वारियर्स क्रिकेट क्वलबलाई ७९ रनले पराजित गर्दै महेन्द्रनगर क्रिकेट क्लब फाइनल प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको महेन्द्रनगर क्लबले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर १६३ रन बनाएको थियो ।
१६४ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रेको देउखुरीले १७ दशमलब ३ ओभरमा आफ्ना सबै विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो । उसका लागि वसन्तसिंह कार्कीले १७, दिवान पुनले अविजित १५ र विशाल विक्रम केसीले १५ रन बनाए । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ महेन्द्रनगरका विपीन धामीले तीन, राहुल भण्डारी र सन्तोष भट्टले सामान दुई/दुई विकेट लिए ।
त्यसअघि महेन्द्रनगरका लागि सुशील खड्का र विशाल ऐरले समान ३९/३९ रन बनाए । दिलीप नाथले २१ र कप्तान सन्दीप जोराले १५ रन बनाए । बलिङतर्फ देउखुरीका दिवान पुनले तीन र दिनेश अधिकारी, प्रतिश जिसीले समान दुई/दुई विकेट र अनिल खरेलले एक विकेट लिए । खेलको ‘म्यान अफ दि म्याच’ महेन्द्रनगरका सुशील खड्का घोषित भए । महेन्द्रनगरले अब उपाधिका लागि लिटल फ्लावरको सामना गर्नेछ । लिटल फ्लवर यसअघि नै प्रतियोगिताको फाइनल पुगिसकेको छ । फाइनल प्रतिस्पर्धा शनिबार हुने आयोजकले जनाएको छ ।
आयोजक लिटल फ्लावर स्पोट्र्स एण्ड इमेन्ट्स प्रालि धनगढीका अध्यक्ष रामचन्द शाहीले प्रतियोगिताको विजेताले दुई लाख, उपविजेताले र एक लाखसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने जानकारी दिए । प्रतियोगितामा देशभरका छ वटा क्लब सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
-
दूधमा पनि बर्डफ्लुको भाइरस फेला
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल