मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

मन्त्री झाँक्रीको प्रश्न : केपी ओलीलाई प्रश्न गर्नै नहुने हो ?

शुक्रबार, १३ जेठ २०७९, २१ : १०
शुक्रबार, १३ जेठ २०७९

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्रमुख प्रतिपक्ष दल एमालेले सरकारको नीति तथा कार्यक्रमबारे सांसदहरुलाई आफ्नो विचार राख्न अवरोध गरेर गल्ती गरेको टिप्पणी गरेकी छन् । मन्त्री झाँक्रीले एमाले अध्यक्ष केपी ओलीलाई संसदमा प्रश्न गर्दा संसद अवरुद्ध पारेर सांसदहरुले सरकारको नीति तथा कार्यक्रमबारे आफ्नो विचार राख्न एमालेले नदिएको आरोप लगाएकी हुन् ।

बिहीबार एमाले अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रमबारे दिएका कतिपय अभिव्यक्ति निराधार र झुठा रहेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आपत्ति जनाएपछि त्यसको विरोधमा एमालेले प्रतिनिधिसभा अवरुद्ध पारेको थियो । सोही प्रसंग उल्लेख गर्दै मन्त्री झाँक्रीले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीलाई प्रश्न नै गर्न नमिल्ने हो ? भनि प्रश्न समेत गरिन् ।

‘के डेमोक्रेसीमा उहाँले भनेको कुरा यो गलत हो भन्न नपाउने त होइन होला । फेरि संसदका आफ्ना मर्यादाहरु पनि छन् । मर्यादाभित्र त सबै बस्नुपर्छ । उहाँलाई प्रश्न गर्नै नहुने प्रश्नरहित व्यक्ति हो र ? प्रश्नरहित व्यक्ति होइन । अरु ढंगले पनि जवाफ दिन सकिन्थ्यो । यसरी अवरोध गर्नु राम्रो होइन ।’ मन्त्री झाँक्रीले संसदमा मर्यादा भित्र सबै रहनुपर्ने पनि स्पष्ट पारिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप