पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न कार्यदल गठन
सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न कार्यदल गठन गरेको छ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षको नेतृत्वमा कार्यदल गठन गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।
कार्यदलले अर्थतन्त्रको समग्र क्षेत्रमा पारेको प्रभाव तथा नेपाल आयल निगमको कार्य सञ्चालन वित्तीय व्यवस्थापन तथा व्यापार विविधीकरण लगायत क्षेत्रमा सुधार गर्ने विषयमा अध्ययन गर्ने छ । कार्यदलले अध्ययनपछि उक्त प्रतिवेदन सरकारलाई बुझाउने मन्त्रालयले जानकारी दिएको छ ।
पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारणले सर्वसाधारणलाई पर्न गएको असुविधालाई ध्यानमा राखेर सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरिसकेको छ । र, यससम्बन्धमा अर्थ मन्त्रालय गृहकार्यमा रहेकाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा भइरहेका कार्यक्रम स्थगित गर्न मन्त्रालयले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय