बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव​ प्रवृति सारसंग्रहवादी : ओली

शुक्रबार, १३ जेठ २०७९, १९ : ३५
शुक्रबार, १३ जेठ २०७९

नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का कार्यालय सदस्य तथा प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको प्रवृति सारसंग्रवादी भएको बताएका छन् । शुक्रबार संवाद डबलीमा सहिद कृष्णसेन इच्छुकको सम्झनामा आयोजना गरिएको कार्यक्रममा बोल्दै सुदर्शनले दार्शनिक रुपमा विप्लव सारसंग्रहवादी भएको बताएका हुन् ।

उनले विप्लवले एकीकृत जनक्रान्तिलाई मनछिन्ते झोली बनाएको बताए । “एकीकृत जनक्रान्तिलाई मनछिन्ते झोली बनाउनुभयो, दर्शन पनि त्यही हो, राजनीति पनि त्यही हो, रणनीति पनि त्यही, कार्यनीति पनि त्यही हो, हुँदै जाँदा त चुनाव पनि एकीकृत जनक्रान्ति हो भन्ने ठाउँमा पुग्नुभयो । यो सबै हिसाबले उहाँहरु सारसंग्रहवादी हो” सुदर्शनले भने । त्यस्तै विप्लवले प्रधान चिजलाई सहायक र सहायकलाई प्रधान बनाउने गरेको बताए ।

पार्टीको १२ औं केन्द्रीय समिति बैठकले चुनावमा भाग नलिने निर्णय गरेको तर त्यसको चारदिन पछि विप्लवले चितवन भेलामा आफूले भनेको मानेको भए चुनावमा जाने निर्णय हुने भन्दै केन्द्रीय समितिलाई काम नलाग्ने बताएको बताए । पार्टीको निर्णयविरुद्ध केन्द्रीय सदस्यविरुद्ध स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्न सकिने भन्ने विषयलाई सहायक बनाएर विप्लव चुनाव गएको तर धरौटी बचाउन नसकेको बताए ।

प्रचण्डसँग अलग हुने बेला विप्लवको उद्देश्य वैज्ञानिक समाजवाद नभएको अरुलाई निषेध गरेर, प्रतिबन्ध लगाएर प्रधानमन्त्री हुने र राष्ट्रपति राजसंस्थालाई बनाउने विप्लवको योजना रहेको बताउँदै सुदर्शनले विप्लव प्रवृति संसदवादी नै भएको बताए । प्रवक्ता सुदर्शनले विप्लव निम्न पुँजीवादी स्वछन्दतावाद हुँदै कल्पनावाद फसेकोले आफूहरुले त्यसविरुद्ध विद्रोह गरेको बताए । त्यस्तो प्रवृतिविरुद्ध लड्न आफूहरुले सांस्कृति क्रान्तिलाई पनि सँगसँगै लिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप