कान्तिपुर हाफ म्याराथन आगामी शनिबार

१० औं संस्करणको कान्तिपुर हाफ म्याराथन जेठ २१ गते शनिबार हुने भएको छ । कान्तिपुर पब्लिकेसन्सले शुक्रबार पत्रकार सम्मेलन गर्दै हाफ म्याराथन जेठ २१ गर्ने जनाएको हो ।
प्रतियोगितामा पुरुष र महिलाको हाफ म्याराथन, कर्पोरेट दौड र ह्वीलचियर दौड विधा समावेश गरिएको छ । यस पटक झन्डै ४ हजार धावक सहभागी हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दियो । हाफ म्याराथनको महिला पुरुष विजेताले १ लाख, उपविजेताले ५० हजार र तोस्रोले ३० हजार पाउने छन । चौंथोले २० हजार र पाँचौंले १० हजार पाउनेछन् । कर्पोरेटको विजेताले पोखरामा २ रत र ३ दिन घुम्ने प्याकेज उपलब्ध गराइनेछ ।
उपविजेताले नगरकोटमा १ रात र तेस्रोले माउन्टेन फ्लाइटको प्याकेज पाउने छन । ह्वीलचेयरको विजेताले ३० हजार, दोस्रोले २० हजार र तोस्रोले १० हजार पाउने छन् । हाफ म्याराथन कान्तिपुर पब्लिकेशन्सको मुख्यालय थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु भई माइतीघर, बिजुलीबजार, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, गठ्ठाघर, सानोठिमी, सल्लाघारी पुगेर सोही रुटमा फर्किदै बिजनेस पार्कमा समापन हुनेछ । कोभिड–१९ को कारण दुई वर्षपछि आयोजना हुन लागेको हो । यस पटकको प्रतियोगिताको मुख्य नारा जलवायु परिवर्तन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु संकट समाधानका लागि लोमन्थाङ घोषणापत्र जारी
-
लोकसेवा आयोगतर्फका वकिलको जिकिर : ५२ संवैधानिक नियुक्तिमध्ये पछिल्ला २० जनाको नियुक्ति वैध छ
-
न्याय परिषद् नियमावली संशोधन खारेज गर्न र घिमिरेको अवहेलना मुद्दा छिटो टुङ्गाउन बारको आग्रह
-
न्याय परिषद्ले माग्यो सबै न्यायाधीशसँग एक/एक वटा फैसलाको प्रमाणित प्रतिलिपि
-
अधिकार नहुँदा औद्योगिक विकास र उद्यमशीलता काममा समस्या भयो : मुख्यमन्त्री लामा
-
आपराधिक गतिविधि, तस्करी पूर्ण रूपमा नियन्त्रण गर्न निर्देशन