नेपाली सेनाले मनाउन थाल्यो अन्तर्राष्ट्रिय शान्तिसेना दिवस
विश्वभर शान्ति स्थापनामा खटिएका सैनिकहरूको योगदानको सम्मान गर्दै नेपाली सेनाले पहिलो पटक ‘अन्तर्राष्ट्रिय शान्ति सेना दिवस’ मनाएको छ । राष्ट्रसंघीय मिसनमा सवैभन्दा धेरै सैनिक पठाउने मुलुकहरुमा नेपाल दोस्रो स्थानमा छ ।
यसअघि ‘संयुक्त राष्ट्रसंघीय दिवस’ मनाउँदै आएको सेनाले शुक्रबार काभ्रेको पाँचखाल स्थित बिरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा औपचारिक कार्यक्रमको आयोजना गरेर अन्तर्राष्ट्रिय शान्ति सेना दिवस मनाएको छ । अन्तर्राष्ट्रिय शान्ति सेना दिवसको अवसरमा आयोजित समारोहमा गृहमन्त्री बालकृष्ण खाणले नेपालका सुरक्षाकर्मीहरु चुनौती सामना गरेर शान्ति मिसनमा खटिएको भन्दै प्रशंसा गरेका छन् । ‘नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले विश्व शान्ति स्थापनामा खटिए देखी नै उच्च तहको पेशागत दक्षता प्रदर्शन गरेका छन्’ मन्त्री खाणले भने–‘नेपाली सुरक्षाकर्मीमा उच्च समर्पण भाव छ ।’
प्रधान सेनापति प्रभुराम शर्माले शान्ति मिसनहरूमा सुरक्षा जटिलता बढेको उल्लेख गर्दै सैनिकहरूको पेशागत क्षमता अभिवृद्धि गर्नु आजको आवश्यकता रहेको बताएका छन् । मिसनमा महिला सैनिकहरूको सहभागिता बढाउन नेपाली सेनाले प्रयास गरिरहेको शर्माले बताए । मानव अधिकारबारे सेना संवेदनशिल रहेको जानकारी दिँदै प्रधान सेनापति शर्माले भने–‘लैंगिक हिंसा र यौन दुर्व्यवहारबारे शुन्य सहनशीलता अपनाएका छौं ।’
अन्तर्राष्ट्रिय शान्ति सेना दिवसलाई विश्वभरी कार्यरत सैनिकको कदर गर्ने अवसरको रुपमा नेपाली सेनाले लिएको शान्ति कार्य निर्देशनालयका निर्देशक (सहायकरथी) सन्तोष बल्लभ पौडेलले बताए । रातोपाटीसँग कुरा गर्दै पौडेलले भने–‘युएन पिसकिपर्सहरुको सम्मानमा पहिलोपटक हामिले यो दिवश मनाउन थालेका छौं ।’
राष्ट्रसंघको माग अनुसार १० हजार नेपाली सैनिकलाई मिसनमा खटाउने लक्ष्य रहेको सहायकरथी पौडेलले बताए । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले यसवर्ष युएन मिसनमा विशेष योगदान गरेका दुई सैनिक र वीरगति प्राप्त ५ जना सैनिक परिवारलाई मेडल र प्रशंसापत्र प्रदान गरेका छन् । कार्यक्रममा रक्षा मन्त्रालयका सचिव, प्रहरी महानिरीक्षक धीरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल पनि उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी