शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले परराष्ट्र नीतिमा देखा परेको अयोग्यता लुकायो : पोखरेल

शुक्रबार, १३ जेठ २०७९, १९ : १०
शुक्रबार, १३ जेठ २०७९

नेकपा(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति तथा कार्यक्रममा परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको अयोग्यतालाई सरकारले लुकाएको बताएका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले नीति तथा कार्यक्रममा परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको अयोग्यता र राष्ट्रिय हित विपरितका कुराहरुलाई लुकाउने प्रयास गरेको बताएका हुन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो भारत भ्रमणको क्रममा ईपीजी प्रतिवेदन र चुच्चे नक्साको कुरा नगर्नु खेदजनक भएको टिप्पणी गरे । उनले पछिल्लो समय भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री देउवाको उपस्थिति लज्जाजनक भएको बताए ।

त्यसैगरी उनले सरकार एक चिन नीतिको विपरित अगाडी बढेको हो ? भन्ने प्रश्न समेत गरे । अमेरिकी विदेश सहायक मन्त्रीको नेपाल भ्रमणका क्रममा तिब्बती शरणार्थीलाई भेट्न दिएको प्रति उनले आपत्ति जनाए । उनले एमालेलाई हमला गरेर सिध्याउने  र स्थानीय तहको निर्वाचन नगरेर डरलाग्दो तिक्तता सिर्जना गर्ने सत्तारुढ गठबन्धनको योजना असफल भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप