बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

१० दिनभित्र प्रतिवेदन बुझाउन उद्योग र श्रम समितिको निर्देशन

शुक्रबार, १३ जेठ २०७९, १७ : ५२
शुक्रबार, १३ जेठ २०७९

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले त्रिविअन्तर्गतका उपसमितिहरूलाई १० दिन भित्रमा प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैठकले समितिको वार्षिक प्रतिवेदन संसदमा बुझाउनुपर्ने भएकाले विभिन्न उपसमितिहरूले समितिलाई बुझाउनुपर्ने प्रतिवेदन १० दिनभित्र बुझाउन निर्देशन दिएको हो । 

उपसमितिहरूले समितिलाई प्रतिवेदन बुझाइसकेपछि समितिको वार्षिक प्रतिवेदन संसदमा पेश गरिने निर्णय गरिएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बमल प्रसाद श्रीवास्तवले बताए ।  

समितिले विभिन्न मन्त्रालयहरूका विषयमा समितिमा परेको निवेदन अनुसार आवश्यक कारबाहीका लागि संसदको बजेट सेसन सकिएपछि सम्बन्धित मन्त्रालयहरूमा पठाउने र सम्बन्धित मन्त्री, सचिव तथा आवश्यक पदाधिकारीलाई समितिमा बोलाएर छलफल गर्ने पनि निर्णय गरेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप