शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धाकधम्की दिएर ७ करोड माग गर्ने ७ जना पक्राउ

शुक्रबार, १३ जेठ २०७९, १७ : ४५
शुक्रबार, १३ जेठ २०७९

धाकधम्की दिँदै ७ करोड माग गरेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । योजनाबद्ध तरिकाले पीडितलाई पटक पटक फोन गरेर तथा भेटेरै धम्की दिएर ७ करोड माग्ने सुजन आचार्यसहित ७ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा उदयपुरका सुजन आचार्यसहित, कालिकोटका टेक बिक, बझाङका धर्मराज थापा, गुल्मीका बसन्ता खनाल, काठमाडौंका श्रवण कार्की, काभ्रेका उमेश भण्डारी र चितवनका सुरज शर्मा रहेका छन् । 

प्रहरीले पीडितको परिचय भने खुलाएको छैन । आरोपीहरुलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेर आपराधिक मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप