बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

शिक्षा र स्वास्थ्यमा क्युवाले सक्ने नेपालले नसक्ने भन्ने हुँदैन : राम कार्की

शुक्रबार, १३ जेठ २०७९, १७ : ४१
शुक्रबार, १३ जेठ २०७९

नेकपा माओवादी केन्द्रका सांसद सुरेन्द्रकुमार कार्की (राम कार्की) ले शिक्षा स्वास्थ्यमा क्युवाले जसरी नेपालले पनि काम गर्न सक्ने बताएका छन् । उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्न क्युवाले सक्ने नेपालले नसक्ने भन्ने प्रश्न नआउने बताए । सरकारको नीति तथा कार्यक्रमका विषयमा बोल्दै कार्कीले सरकारले शिक्षा र स्वास्थ्यमा लगानी बढाएर सर्वसुलभ बनाउनुपर्नेमा जोड दिए । मान्छेको दिमागका लागि शिक्षा र शरीरका लागि शिक्षा अत्यन्तै महत्वपूर्ण भएकाले सरकारको ध्यान त्यसतर्फ जानुपर्ने कार्कीले बताए ।  

उनले अहिले नेपाल विजुली बेचेर धनी हुने जस्तो वाहियात कुरा केही नभएको टिप्पणी गरे ।  नेपालजस्तो देशले क्लिन इनर्जी बेच्न नसक्ने ठोकुवा उनले गरे ।

‘बिजुली बेचेर धनी हुने भन्ने कुरा छ । त्योभन्दा वाहियात केही हुँदैन । क्लिन इनर्जी नेपाल जस्तो देशले बेच्नै सक्दैन । आज डोजर चलाइ राखेको हिमाल, डोजर चलिराखेको चुरे, डोजर चलेको महाभारतमा हामी बिजुलीद्वारा चल्ने रोप वे मार्ग बनाएर बिजुली खपत गर्न सक्छौ’ कार्कीले जोड दिँदै भने, ‘त्यसका लागि २० औ हजार बिजुली चाहिन्छ । अहिलेसम्म बिजुली शिक्षामा छैन । बिजुली पर्यटनमा गएकै छैन । स्वास्थ्य क्षेत्रमा बिजुली खपत भएकै छैन । भान्सामा पुगेको छैन । बिजुली बेच्ने कुरा वाहियात कुरा हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप