५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको खोप दिने सरकारको तयारी
सरकारले पाँचदेखि एघार वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्ध (कोभिड–१९) विरुद्धको फाइजर खोप दिइने भएको छ । अमेरिकी सरकारको सहयोगमा कोभ्याक्समार्फत पाँचदेखि एघार वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्ध (कोभिड–१९) विरुद्धको फाइजर खोप दिइने भएको हो ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेश चौरसियाले कोभ्याक्स सुविधामार्फत नेपालले ८४ लाख मात्रा खोप प्राप्त गर्न लागेको जानकारी दिए । उनले सोही कार्यक्रम अन्तर्गत असार महिनाभित्र बालाबालिकाहरुलाई खोपको पहिलो मात्रा दिइने जानकारी दिए । चौरसियाले भने, ‘असार महिनाभित्रै बालबालिकालाई पहिलो मात्रा दिइसक्छौँ । १५/१५ लाख मात्राको दरमा ल्याउने तयारी भैरहेको छ ।
२० लाख मात्रा भन्दा बढीका लागि हामीलाई भण्डारणमा समस्या पर्छ । प्राप्त खोप बालबालिकाहरूलाई लगाउन सुरु गरिहाल्छौँ ।’ चरणबद्ध रुपमा खोप आउने भएपनि सबै बालबालिकालाई खोप लगाउने तयारी भैरहेको उनले जानकारी दिए ।
बालबालिकालाई कसरी खोप लगाउने भन्ने विषयमा ५६ जिल्लाका स्वास्थ्यकर्मीका लागि तालिम सञ्चालन भइरहेको समेत उनले जानकारी दिए । फाइजर खोप लगाइसकिएका २१ जिल्लामा भने पहिलै नै तालिम सम्पन्न भैसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन