शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिमको बजेट अधिवेशन जेठ १६ गतेबाट सुरु

शुक्रबार, १३ जेठ २०७९, १७ : ०२
शुक्रबार, १३ जेठ २०७९

सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन जेठ १६ गतेबाट सुरु हुने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १६ बाट बजेट अधिवेशन सुरु गर्ने निर्णय गरेको हो । 

प्रदेशसभाको १० औं अर्थात बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री डा। रणबहादुर रावलले बताए । उनका अनुसार ३ बजे बैठक बोलाउन निर्णय गरिएको छ । मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार प्रदेश प्रमुखले प्रदेशसभा अधिवेशन आव्हान तथा अन्त्य गर्ने संवैधानिक प्रावधान रहेको छ । 

यसैबीच, मन्त्रिपरिषद् बैठकले प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधानको व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई स्वीकृति प्रदान गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप