दुर्घटनामा घाइते रेनु दाहालको डिस्चार्ज तयारी
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको अवस्था सामान्य भएपछि डिस्चार्जको तयारी भएको परिवारले जनाएको छ । दाहाल शुक्रबार दिउँसो राजधानीको जावलाखेलमा भएको सवारी दुर्घटनामा घाइते भएकी थिइन् ।
दाहालकी बहिनी तथा माओवादी केन्द्रको अध्यक्ष प्रचण्डका स्वकीय सचिव गंगा दाहालले अवस्था सामान्य भएपछि डिस्चार्जको तयारी भएको बताइन् ।
‘आज दिउँसो दिदी रेनु दाहाल काम विशेषले बाहिर जाने क्रममा उहाँ चढेको गाडी ललितपुरको जावलाखेल नजिकै ठोक्किन गई दिदीको टाउकोमा सामान्य चोट लागेको र डाक्टरको अनुसार सिटी स्क्यान गरेर हेर्दा घाउ बाहिरी छालामा मात्रै भएको र अवस्था अहिले सामान्य भएकाले डिस्चार्जको तयारीमा छौं’, दाहालले सामाजिक सञ्जालमार्फत भनेकी छन् ।
उनको हाल ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ। उनको चोट लागेको टाउकोमा टाँका लगाइएको प्रहरीको भनाइ छ । उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी शुक्रबार जावलाखेलमा दुर्घटना भएको थियो । टायर पञ्चर भएर गाडी बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट गाडीको एक भागमा नराम्ररी क्षति पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे झन् अन्योल
-
वाइडबडीमा नेपाललाई घुस दिने कम्पनीलाई ५५ मिलियन अमेरिकी डलर जरिवाना
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
-
पोखरामा लगाइएको निषेधित क्षेत्र हटाउन रास्वपाको आग्रह
-
सर्लाही जिल्ला सभापति सिंहलाई बर्खास्त गर्न माग
-
सर्वोच्चको प्रश्न– सहकारी पीडितको निक्षेप फिर्ता गर्ने सरकारसँग योजना के छ ?