नीति तथा कार्यक्रमले पेट्रोलियमको मूल्यवृद्धिलाई सम्बोधन गरेको छ : कानुन मन्त्री शर्मा
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विषयलाई सम्बोधन हुने गरी नीति तथा कार्यक्रम ल्याइएको दाबी गरेका छन् । शुक्रबार राष्ट्रिय सभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले यस्तो बताएका हुन् ।
उनले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यको उतारचढावले यसको आन्तरिक बजार र मूल्य प्रभावित भएको जिकिर गरे । मन्त्री शर्माले पेट्रोलियम पदार्थको हाल प्रचलित बजार मूल्यमा प्रतिलिटर १४ रुपैयाँ ६४ पैसा, डिजेलमा प्रतिलिटर २६ रुपैयाँ ८२ पैसा र ग्यास प्रति सिलिन्डर ८ सय ७९ रुपैयाँ ८५ पैसा घाटा व्यहोरी सरकारले उपभोक्तालाई उपलब्ध गराएको पनि बताए । उनले बजारमा तेलको मूल्यमा अस्वभाविक वृद्धि हुँदा यसको प्रत्यक्ष असर समग्र आपूर्ति श्रृंखलामा परेको बताए ।
मन्त्री शर्माले मुलुकको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधिनता, स्वाभीमान र सीमानाको सुरक्षाका लागि सरकार सदैव सचेत र तयार रहेको पनि बताए । उनले मुलुकको अन्तर्राष्ट्रिय सीमा सम्बन्धमा बाँकी रहेका विषयलाई ऐतिहासिक सन्धी, नक्शा, तथ्य र प्रमाणका आधारमा द्विपक्षीय वार्ताबाट समाधान गर्न सरकार प्रतिवद्ध रहेको र यस विषयलाई नीति तथा कार्यक्रममा स्पष्ट गरिसकेको बताए । मन्त्री शर्माले पस्तुत नीति तथा कार्यक्रमले मूलतः सरकारको प्राथमिकतामा रहेका राष्ट्रिय महत्वका र मुलुकलाई दीर्घकालीन रुपमा प्रभावित गर्ने विषयहरुलाई प्राथमिकताका साथ समेट्ने प्रयास गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबिचको समस्या मिलाउन सहजीकरण समिति गठन
-
सरकारले कर आतंक मच्चायो, संघर्षको विकल्प छैन : साह
-
काठमाडौँ महानगरपालिका नगर सभाको अधिवेशन आह्वान
-
विनोद काम्बली अस्पताल भर्ना, अवस्था चिन्ताजनक
-
सिरहामा दुई समूहबिच झडप, प्रदेश सांसद खातुनसहित १८ जना घाइते
-
७ पटक राष्ट्रिय चलचित्र पुरस्कार विजेता श्याम बेनेगलको निधन