शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आरोप-प्रत्यारोप नगरौं, सबै कुरा छर्लङग छ : नेपाल

शुक्रबार, १३ जेठ २०७९, १६ : १६
शुक्रबार, १३ जेठ २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदमा आरोप-प्रत्यारोप गरेर कहीँ नपुगिने बताएका छन् । सरकारको नीति तथा कार्यक्रमका विषयमा बोल्दै नेपालले एकले अर्कोलाई दोषारोपण गरेर पानीमाथि ओभानो बन्ने प्रयास गर्न नहुने बताए ।

‘यो आरोप र प्रत्यारोपले कहीँ पु¥याउँदै । यो संसद आरोप र प्रत्यारोप गर्ने थलो होइन । आरोप प्रत्यारोपको थलोको रुपमा लग्नु हुँदैन । विचार मन्थन गर्ने थलो हो,’ नेपालले भने, ‘देश,जनता र समाजको समस्याका बारेमा गम्भीर विचार समर्थन गर्ने थलो हो । आ आफ्ना कमीकमजोरी के के भए? आत्म समीक्षापनि गर्नुपर्छ । अरुलाई दोषारोपण गरेर पानी माथिको उभानो बन्ने प्रयास नगरौं ।’

शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायत क्षेत्रमा देखिएका समस्या पहिल्याएर निराकरण गर्न प्रयास गर्नुपर्ने नेपालले बताए । नेतालाई मन लाग्दैमा २÷३ किलो मिटरको अन्तरमा पुल बनाएर दुरुपयोग भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप