बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सगरमाथाको चुचुरोमा पुगिन् अभिनेत्री दीया

शुक्रबार, १३ जेठ २०७९, १५ : ५७
शुक्रबार, १३ जेठ २०७९

अभिनेत्री दीया पुनले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । उनले शुक्रबार बिहान सगरमाथा शिखर चुमेकी हुन् ।

उनी सगरमाथा शिखरमा पुग्न सफल भएको आरोही निर्मल पूर्जाले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । निर्मल पूर्जाको एलिट एक्सपिडिसन आरोही दलमार्फत उनीसहित  २० जनाको टोलीले एकसाथ सगरमाथा आरोहण गरेको छ । ६ अप्रिलमा सगरमाथाको चुचुरोमा पुग्ने लक्ष्यका साथ गत चैत्रमा आरोहण सुरु गरेकी दीया केही ढिलो गरेर सगरमाथाको चुचुरोमा पुगेकी हुन् ।

अर्जेन्टिनाको ६ हजार ९६१ मिटर अग्लो माउन्ट ओकुनकागवा चढेर आरोहण यात्रा थालेकी दीयाले यसअघि ८ हजार १६३ मिटर अग्लो हिमाल मनास्लु पनि चढेकी थिइन् । उनले आफ्नै ४२ लाख रुपैयाँ खर्चमा सगरमाथा आरोहण गरेकी हुन् । दीया अभिनित फिल्म मन्त्र केही अगाडि सार्वजनिक प्रदर्शनमा आएको थियो  उनले मन्त्रको अलवा अन्य केही फिलम समेत अभिनय गरेकी छन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप