सगरमाथाको चुचुरोमा पुगिन् अभिनेत्री दीया
अभिनेत्री दीया पुनले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । उनले शुक्रबार बिहान सगरमाथा शिखर चुमेकी हुन् ।
उनी सगरमाथा शिखरमा पुग्न सफल भएको आरोही निर्मल पूर्जाले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । निर्मल पूर्जाको एलिट एक्सपिडिसन आरोही दलमार्फत उनीसहित २० जनाको टोलीले एकसाथ सगरमाथा आरोहण गरेको छ । ६ अप्रिलमा सगरमाथाको चुचुरोमा पुग्ने लक्ष्यका साथ गत चैत्रमा आरोहण सुरु गरेकी दीया केही ढिलो गरेर सगरमाथाको चुचुरोमा पुगेकी हुन् ।
अर्जेन्टिनाको ६ हजार ९६१ मिटर अग्लो माउन्ट ओकुनकागवा चढेर आरोहण यात्रा थालेकी दीयाले यसअघि ८ हजार १६३ मिटर अग्लो हिमाल मनास्लु पनि चढेकी थिइन् । उनले आफ्नै ४२ लाख रुपैयाँ खर्चमा सगरमाथा आरोहण गरेकी हुन् । दीया अभिनित फिल्म मन्त्र केही अगाडि सार्वजनिक प्रदर्शनमा आएको थियो उनले मन्त्रको अलवा अन्य केही फिलम समेत अभिनय गरेकी छन्
।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण