भरतपुर महानगरपालिकाकी मेयर दाहाल सवार गाडी दुर्घटना
शुक्रबार, १३ जेठ २०७९, १५ : ५०
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । उनी सवार किया कम्पनीको गाडी शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको ललितपुर प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीका अनुसार उनी सवार गाडी गुडिरहेको बेला अचानक टायर पन्चर भएपछि बिजुलीको पोलमा ठोक्किन पुगेको थियो । गाडी पोलमा ठोक्किँदा दाहालको टाउकोमा चोट लागेको प्रहरी स्रोतका भनाइ छ । टाउकोमा चोट लागेपछि उनलाई सुमेरु अस्पतालमा लगिएको थियो भने टाउकोमा टाँका लगाइएको प्रहरीको भनाइ छ । उनको अवस्थामा भने खतरामुक्त रहेको प्रहरी स्रोतका भनाइ छ ।
भरतपुर महानगरपालिकाको मेयर पदमा विजयी भएसँगै उनी काठमाडौं आएर खुमलटारमा बस्दै आएकी थिइन् ।
अपडेट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा त्रिपक्षीय भिडन्त हुन्छ‚जित्ने कांग्रेसले नै हो : डंगोल (भिडियोसहित)
-
लेबनानमा युद्धविराम सम्झौताबारे छलफल गर्न इजरायलकाे मन्त्रीपरिषद् बैठक बस्दै
-
सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घट्यो
-
रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा न्यायाधीश शर्मा र निरौलाको इजलासमा पेसी
-
‘ऊनको स्वीटर’ वैशाख २६ मा रिलिज हुने
-
बेवारिसे नवजात शिशुको सहनी परिवारले लियो जिम्मा