देशमा औद्योगीकरण हुन नसक्दा विदेश पलायन बढ्यो : पूर्वसभामुख ओनसरी
शुक्रबार, १३ जेठ २०७९, १५ : ४०
प्रतिनिधिसभाका पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रकी नेत्री ओनसरी घर्ती मगरले देशमा औद्योगीकरणमा लैजान नसक्दा युवाहरुको विदेश पलायन बढेको बताएकी छन् । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा संसदमा बोल्दै मगरले मुलुकको उत्पादन वृद्धि र रोजगारीको सिर्जनका लागि पनि कृषि, पर्यटन र औद्योगिक क्षेत्रको विकासमा लाग्नुपर्ने बताइन् ।
मुलुकको आर्थिक विकासका लागि धेरै कामहरु गर्नुपर्ने भएपनि परम्परागत बजेट प्रणाली र खर्च संरचनाले गर्दा उचित उपलब्धी हासिल गर्न नसकेको उनले बताइन् । सोही अवसरमा मगरले बजेटकै सन्दर्भमा छलफल गर्ने कुरामा समेत राजनीतिक दल र नेताहरुबीच साझा सहमतिका साथ जानुपर्नेमा एकले अर्कोलाई कुण्ठा पोख्ने र आरोप प्रत्यारोप गर्ने गरेको भन्दै दुख व्यक्त गरिन् । यस्तो नगर्न र देश विकासको सवालमा सबै एक ठाउँमा उभिन उनले सबैमा आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत
-
‘नेपाल टेलिकमले ५ हजारसम्मको उपहार दिन्छ भन्ने सूचना झुटो’
-
बैंकर्सलाई गभर्नरको सहानुभूतिपूर्ण सन्देश, ‘हिजो ध्यान दिएको भए आजको अवस्था आउँदैनथ्यो’