शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वडाध्यक्षद्वारा स्वास्थ्य बीमामा ५० प्रतिशत छुटको घोषणा

शुक्रबार, १३ जेठ २०७९, १५ : २८
शुक्रबार, १३ जेठ २०७९

सिरहा औरही गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष रामपृत यादवले शुक्रबार पदभार ग्रहण गरेका छन् । स्थानीय तहमा जसपाबाट अध्यक्षमा निर्वाचित यादवले आज पदभार ग्रहण गर्दै वडावासीका लागि स्वास्थ्य बीमा गराउँदा ५० प्रतिशत सहयोग गर्ने घोषणा गरेका हुन् । 

उनले औरही वडा नम्बर ५ का सम्पूर्ण नागरिकलाई स्वास्थ्य बीमा ऐन २०७४ र स्वास्थ्य नियमावली २०७५ बमोजिम मापदण्ड तथा प्रक्रिया  अपनाई ५० प्रतिशत स्वास्थ्य बीमा शुल्क प्रदान गर्ने बताए । उनी स्थानीय चुनावमा एक मतले अध्यक्षमा विजय भएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप