उषासँगै कामनाको पनि माल्दिभ्समा विजयी सुरुवात
नेपाली राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्ट सम्मिलित माल्दिभ्स पुलिस क्लबले जारी भलिबल एसोसियसन कप–२०२२ मा सुखद् सुरुवात गरेको छ ।
विहीबार राति भएको खेलमा कामनाको उत्कृष्ट खेलप्रेरित माल्दिभ्स पुलिस क्लबले क्लब इगल्सलाई २५–१९, २५–२१, २५–२० को सोझो सेटमा हरायो । जितसँगै पुलिसले समूह ‘बी मा तीन अंक हासिल गरेको छ । यसअघि बुधबार राति उषा भण्डारी सम्मिलित धिबेही सिफाइन्ज क्लबले पहिलो खेलमा क्लब हाफलाइन लिङ्केजलाई २५–५, २५–१३, २५–९ को सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको थियो ।
नेपाली राष्ट्रिय महिला भलिबल टोलीका ओपन स्पाइकरद्वय कामना र उषा पहिलो पटक विदेशी लिग खेल्दैछन् । नेपाल पुलिस क्लबका खेलाडी दुबै पहिलो पटक माल्दिभ्स पुगेर लिग खेलेका हुन् । दोस्रो खेलमा भोलि (शनिबार) कामना सम्मिलित टिम पुलिस क्लब र उषा सम्मिलित धिबेही सिफाइन्ज क्लब प्रतिस्पर्धा गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन