बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नेप्सेमा दोहोरो अंकको गिरावट, एक अर्ब २९ करोडको कारोबार

शुक्रबार, १३ जेठ २०७९, १५ : २१
शुक्रबार, १३ जेठ २०७९

शुक्रबार सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको अन्तिम कारोबार दिन समेत रहेको आज नेप्से सूचक १५.८२ अंकले घट्दै २२ सय २३.७८ अंकमा झरेको हो । 
यस्तै, क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ३.४० अंकले घट्दै ४३३.०७ अंकमा झरेको छ ।

यस दिन होटल तथा पर्यटन बाहेक अन्य १२ वटा उपसमूह ऋणात्मक भएका छन् । सबैभन्दा बढी आज फाइनान्स समूहको उपसूचक १.३७ प्रतिशतले घटेको छ भने हाइड्रोपावरको उपसूचक १.१५ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचक १.७९ प्रतिशतले घटेको छ । यद्यपि, यस दिन होटल तथा पर्यटन समूहको उपसूचक भने ०.०८ प्रतिशतले बढेको छ ।

१५ अंकले घटेको बजारमा आज २२३ कम्पनीका ४१ लाख ४० हजार कित्ता सेयर २१ हजार भन्दा बढी पटक किनबेच हुँदा १ अर्ब २९ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप