आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

विन्ध्यवासिनी हाइड्रोपावरले १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्दै

शुक्रबार, १३ जेठ २०७९, १५ : ०२
शुक्रबार, १३ जेठ २०७९

विन्ध्यवासिनी हाइड्रोपावरले १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । आइड्रोपावरले यहीँ जेठ २० गतेदेखि सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण सेयर (आईपीओ) जारी गर्ने भएको हो ।

कुल सेयरमध्ये ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामुहिक लगानी कोष र ४ प्रतिशत अर्थात् ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको १३ लाख ६५ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिने कम्पनीले जानकारी दिएको छ । 

जेठ २० गतेदेखि जारी हुँने आईपीओमा जेठ २५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप