बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीको तिलोत्तमा र कोटहीमाईका प्रमुखले लिए सपथ

शुक्रबार, १३ जेठ २०७९, १४ : ५९
शुक्रबार, १३ जेठ २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नवनिर्वाचित प्रमुख रामकृष्ण खाण र कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले सपथ लिएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश धनसिंह महराले खाण र त्रिपाठीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।  

रुपन्देहीका  १६ स्थानीय तहमध्ये सवैभन्दा अन्तिममा  तिलोत्तमा र  कोटहीमाईमा मतपरिमाण आएको हो । तिलोत्तमामा नेपाली काँग्रेसका खाणले नेकपा एमालेका मोहन चापागाईलाई पराजित गर्दै प्रमुखमा विजयी भएका हुन् । कोटहीमाई लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का उम्मेदवार बालकृष्ण त्रिपाठी नेपाल जनता पार्टीका अशोक कुमार कलवारलाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

दुवै जनालाई सपथग्रहण गराउँदै मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जनताको चाहना अनुसार काम गर्ने अठोट लिएर आफ्नो कार्यकाललाई ऐतिहासिक बनाउन आग्रह गरे । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, निर्वाचन अधिकृत, राजनीतिक दल, सञ्चारकर्मीको सहयोगले रुपन्देहीमा शान्तिपूर्ण तरिकाले भयरहित र निष्पक्ष निर्वाचन सम्पन्न भएको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप