बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा : हटेन मार्जिन ल्याण्डिङको ४/१२ को क्याप

शुक्रबार, १३ जेठ २०७९, १४ : ३४
शुक्रबार, १३ जेठ २०७९

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको समीक्षा गरेको बैंकले यस पटक पनि धितोपत्र बजारको मार्जिन ल्याण्डिङ (सेयर कर्जा) को सीमा हेरफेर गरेन । 

बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिमार्फत मार्जिन ल्याण्डिङको सीमा ४/१२ कायम गरेको थियो । अर्थात् एक व्यक्ति वा संस्थाले मार्जिन ल्याण्डिकको नाममा एक बैंक वा वित्तीय संस्थाबाट अधिकतम ४ करोड रुपैयाँ र अन्य सबै बैंक तथा वित्तीय संस्थाहरुबाट गरी बढीमा १२ करोड रुपैयाँसम्म कर्जा झिक्न पाउने व्यवस्था गरेको थियो । राष्ट्र बैंकको यहीँ व्यवस्थाका कारण सेयर बजार ओरालो लागेको लगानीकर्ताहरुको आरोप छ ।

राष्ट्र बैंकको नीति विरुद्ध आक्रोशित भएका लगानीकर्ताहरुले दोस्रो त्रैमासको समीक्षाले परिमार्जन हुने अपेक्षा गरेका थिए । तर दोस्रो त्रैमासमा माग सम्बोधन नभएपछि लगानीकर्ताहरुले तेस्रो त्रैमासलाई पर्खिएका थिए । तर, तेस्रो त्रैमासमा समेत सो माग सम्बोधन नभएपछि भने लगानीकर्ताहरु राष्ट्र बैंकसँग रुष्ट बन्न पुगेका छन् । राष्ट्र बैंककै अनुसार २०७८ मसान्तमा २८८३.४ अंकमा रहेको नेप्से सूचक २०७९ चैत्र मसान्तसम्म आइपुग्दा झरेर २४१५.३ अंकमा आएको छ । सो अवधिमा नेप्सेमा ४६८.१ अंकको गिरावट आइसकेको छ । 

यस्तै, बजार पुँजी समेत सो अवधिमा ५ खर्ब ८४ अर्ब ८५ करोड रुपैयाँले घटेर ३४ खर्ब २६ अर्ब ११ करोडमा झरेको बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७८ असार मसान्तमा यस्तो बजार पुँजीकरण ४० खर्ब १० अर्ब ९६ करोड रुपैयाँ पुगेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप