रुसको मुद्रा रुबल अचानक यति बलियो कसरी भयो ?
युक्रेनमा भएको आक्रमणपछि पश्चिमा राष्ट्रहरूले रुसमाथि चौतर्फी प्रतिबन्ध लगाएका छन् । यी प्रतिबन्धहरूले रुसको अर्थतन्त्रमा ऐतिहासिक गिरावट ल्यायो तर रुसको मुद्रा रुबल भने पूर्णतया फरक बाटोमा छ ।
रुबल सन् २०१८ यता यो साता सबैभन्दा बलियो बनेको छ । वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार रुबल यस वर्ष डलरको तुलनामा उत्कृष्ट प्रदर्शन गर्ने मुद्रा बनेको छ ।
सन् २०२२ मा, रूबल ग्रीनब्याक भन्दा २२ प्रतिशत बढेको छ । सामान्यतया, अर्थव्यवस्था खस्किँदा त्यहाँको मुद्रा पनि कमजोर हुन्छ ।
The Russian economy is being battered by sanctions after its invasion of Ukraine, but the ruble is the best performer against the dollar this year. Here’s why. #WSJWhatsNow https://t.co/kcpG1mwkGt pic.twitter.com/EJ5L5BRkxQ
— The Wall Street Journal (@WSJ) May 26, 2022
बिहीबार रुसको केन्द्रीय बैंकले ब्याजदर १४ प्रतिशतबाट घटाएर ११ प्रतिशत पुर्याएको छ । रुसले युक्रेनमा आक्रमण गर्दा ब्याजदर ९।५५ बाट २०५ सम्म पुर्याएको थियो । यो ८ अप्रिलमा १७ प्रतिशत र १९ अप्रिलमा १४ प्रतिशतमा झरेको थियो ।
रुसको केन्द्रीय बैंकले अर्थतन्त्र अझै संकटबाट बाहिर नआएको बताएको छ । क्यापिटल मार्केट कम्पनीको तथ्यांकअनुसार बिहीबार डलरको तुलनामा रुबल ६० मा कारोबार भइरहेको थियो जुन मार्च ७ मा १५८ मा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि चीनद्वारा सगरमाथा अवलोकन क्षेत्र बन्द
-
युक्रेनी सहर कब्जा गरेको रुसको दाबी, के भन्छ युक्रेन ?
-
सार्वजनिक सवारी : भाडा मात्र बढ्छ, सुधारमा छैन ध्यान (तस्बिरहरू)
-
केन्द्रीय समिति बैठककै बिच माओवादी पदाधिकारी बैठक बस्दै
-
बार अध्यक्षविरुद्ध अवहेलना मुद्दा : अडियाे/भिडियाेलगायत सामाग्री मगाउने आदेश
-
बढाइयो सलमान खानको सुरक्षा, घरको बाल्कोनीमा बुलेटफ्रुफ सिसा