बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

बालेनले सबै पार्टीलाई सन्देश दिएका छन् : प्रचण्ड

शुक्रबार, १३ जेठ २०७९, १६ : ००
शुक्रबार, १३ जेठ २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले काठमाडौ महानगर मेयरमा निर्वाचित भएर बालेन साहले सबै पार्टीलाई सन्देश दिएको बताएका छन् । रातोपाटीसँगको विशेष कुराकानीमा प्रचण्डले बालेनको जितलाई सकारात्मक रुपमा लिँदै शुभकामना दिएका छन् ।

‘काठमाडौंमा जस्तो किसिमले वालेन आउनुभयो, त्यो विचारणीय छ । मैले त्यसलाई सकारात्मक ठान्छु । त्यो पार्टीहरूका लागि पनि सकारात्मक नै हो ।’  रातोपाटीसँगको कुराकानीमा प्रचण्डले भने, ‘वालेनले सबै पार्टीलाई सन्देश दिनुभएको छ । त्यस अर्थमा पनि उहाँलाई बधाई भन्न चाहन्छु ।’  काठमाडौं बाहेक अधिकाश स्वतन्त्र उम्मेदवार पार्टीकै भएको प्रचण्डले बताए ।

‘स्वतन्त्रले जिते भनेर हामीले राम्रो शिक्षाका रुपमा लिने कुरा ठीक छ । तर यो उत्पात भयो भनेको जस्तो मलाई लाग्दैन । केही अपवाद छोडेर ती पार्टीकै हुन्, बागी भने पनि स्वतन्त्र भएपनि ।’ प्रचण्डले भने, ‘तर पार्टीकै तल्लो तहले संस्थागत रुपमै स्वतन्त्र उठाएर जिताउन लागि परेको छ । जनकपुर, कालिकोट स्वतन्त्रले जित्नु भएको छ । मैले त्यहाँ पार्टीलाई सोध्दा पार्टीले सल्लाह गरेरै स्वतन्त्र उठ्न भनेको छ ।’ यस्तै धनगढीको प्रमुखमा स्वतन्त्रबाटै उम्मेदवार भएपनि पार्टीकै भोटले जितेको प्रचण्डले बताए । पार्टीकै मतले धनगढीको स्वतन्त्रले जितेकाले अचम्म मान्न नहुने बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप