बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

निगमको डिपो परिसरमा इन्धन बोकेका २ वटा ट्यांकरमा आगलागी

शुक्रबार, १३ जेठ २०७९, १२ : ४२
शुक्रबार, १३ जेठ २०७९

रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा इन्धन बोकेका दुई ट्यांकरमा आगलागी भएको छ । शुक्रबार डिपोमा तेल खन्याउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय प्रहरीका अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरबाट तेल खन्याउने क्रममा आगलागी भएको हो । 

 रुपन्देहीका  प्रहरी प्रमुख  रविन्द्र रेग्मीले  आगलागी  नियन्त्रणमा आएको रातोपाटीलाई बताए । उनले एउटा ट्यांकरमा धेरै क्षति भएको र अर्कोमा सामान्य क्षति भएको खुलाए ।  आगलागी  कारण खुलिनसकेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप