फ्राइडे रिलिज : देशभर ‘कबड्डी–४’

शुक्रबारदेखि फिल्म ‘कबड्डी–४ : द फाइनल म्याच’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । फिल्मले मल्टिप्लेक्स र सिंगल थिएटरमा समेत राम्रो शो पाएको छ ।
प्रदर्शनको अघिल्लो दिन बिहीवार फिल्मको कमलपोखरी स्थित बिग मुभिजमा प्रिमियर गरिएको थियो ।
प्रिमियरमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको थियो । कतिपयले फिल्मलाई राम्रो बताउदा, कतिपयले कबड्डी सिक्वेलको कमजोर फिल्मको रुपमा चर्चा गरे । कतिले फिल्मको कथा सामान्य भएपछि सम्वाद दमदार भएको धारणा राखेका थिए । प्रिमियरमा फिल्मकर्मी, राजनीतिज्ञ र रंग पत्रकारको उपस्थिती थियो । अघिल्ला तीन सिरिजमा केटी भागेर बिहे गर्न नपाएका वीरकाजी (दयाहाङ राई) को विहेको गोलचक्करमै फिल्म घुमेको छ ।
रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, स्वर्गीय जयनन्द लामा, प्रकाश घिमिरेलगायतको अभिनय छ । फिल्मको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् । ‘कबड्डी -४’लाई ‘कबड्डी’को अन्तिम सिरिज भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
-
पर्यटकका रोजाइमा पर्दै भोजपुरको डाग्बुङ पदमार्ग
-
चुरेको अवैध उत्खननमा पालिका प्रमुख नै संलग्न, अख्तियारले थाल्यो छानबिन
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
आगामी आर्थिक वर्षको बजेट कस्तो चाहन्छ निजी क्षेत्र ?
-
जीपीएका आधारमा विद्यार्थी भर्ना गर्दै सीटीइभीटी