शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘कबीर सिंह’को सिक्वेल तयारी

शुक्रबार, १३ जेठ २०७९, १२ : २२
शुक्रबार, १३ जेठ २०७९

बलिउड अभिनेता शाहिद कपुरले आफ्नो करियरमा एकसे एक हिट फिल्म दिएका छन् । त्यसको पछिल्लो नाम हो, ‘कवीर सिंह’ । यो फिल्म सन् २०१९ मा रिलिज भएको थियो । यो फिल्ममा शाहिदको अपोजिटमा कियारा आडवाणी थिइन् ।

‘कवीर सिंह’ रिलिज भएको ३ वर्ष पुरा भएको छ । यही मेसोमा फिल्मका निर्माताद्वय मुराद खेतानी र भुषण कुमारले यसको सिक्वेल ल्याउने तयारी गरिरहेका छन् । यो कुराको खुलासा उनीहरुले फिल्म ‘भूल भुलैया २’को सफलतामा गरेका हुन् ।

गत २० मेबाट प्रदर्शनमा आएको कार्तिक आर्यन र कियारा आडवाणी स्टारर फिल्म ‘भूल भुलैया २’को निर्माता पनि मुराद र भुषण नै हुन् । यो फिल्मलाई दर्शकले निकै मनपराएका छन् ।

उनीहरुलाई सञ्चारमाध्यमले ‘अब कुन फिल्मको सिक्वेल लिएर आउँदै हुनुहुन्छ ?’ भनी सोधेका थिए । ‘कवीर सिंह एक आइकोनिक चरित्र हो । त्यसकारण अब यही फिल्मको सिक्वेल दर्शकमाझ आउनेछ’, दुवैले एकसाथ भनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप