बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बालोपयोगी सामान्यज्ञान : महाभारतको युद्ध कति दिन चलेको थियो ?

शुक्रबार, १३ जेठ २०७९, ११ : ५८
शुक्रबार, १३ जेठ २०७९

१, जन्तीढुङ्गा नामक स्थान कुन जिल्लामा रहेको छ ?
(क) दाङ (ख) डोल्पा (ग) रोलपा (घ) ओलखल ढुङ्गा
२, चक्राकार नदी भनेर कुन नदीलाई भनिन्छ ?
(क) बुढीगण्डकी (ख) कालीगण्डकी (ग) सेतीगण्डकी (घ) त्रिशूली  
३, अर्काको गुँडमा फुल पार्ने चरा कुन हो ?
(क) काग (ख) तित्रा (ग) सारस (घ) कोइली
४, त्रिफला भन्नाले कुनकुन फललाई बुझाउँछ ?
(क) हर्रो, बर्रो, अमला (ख) हर्रो, बर्रो, बकाइनो (ग) हर्रो, बर्रो, क्यामुनो (घ) हर्रो, बर्रो, बयर
५, भित्ते पात्रोको प्रचलन कुन देशबाट भएको हो ? 
(क) चीन (ख) स्पेन (ग) इजिप्ट (घ) अमेरिका
६, राष्ट्रिय महिला अधिकार दिवस कहिले मनाइन्छ ?
(क) जेठ १५ गते (ख) जेठ १६ गते (ग) जेठ १७ गते (घ) जेठ १८ गते
७, काठमाडौँ महानगरको प्रमुख पदमा नवनिर्वाचित बालेन साहको पूरा नाम के हो ?
(क) बालचन्द्र साह (ख) बालेन्द्र साह (ग) बालेन साह (घ) बालेन्द्रनारायण साह
८, हाल नेपालमा बोलिने भाषाहरूको सङ्ख्या कति पुगेको छ ?
(क) १३१ (ख) १३२ (ग) १३३ (घ) १३४ 
९, चलचित्र पत्रकारिता दिवस कुन दिन मनाइन्छ ?
(क) जेठ ५ गते (ख) जेठ ६ गते (ग) जेठ ७ गते (घ) जेठ ८ गते
१०, नेपालमा सबैभन्दा बढी चरा पाइने उपत्यका कुन हो ?
(क) अरुण उपत्यका (ख) दाङ उपत्यका (ग) सिञ्जा उपत्यका (घ) काठमाडौँ उपत्यका
११, महाभारतको युद्ध कति दिनसम्म चलेको थियो ?
(क) १० दिन –ख) १५ दिन (ग) १८ दिन (घ) २० दिन
                                     उत्तर 
१–(क), २–(ख) ३–(घ), ४–(क), ५–(ग), ६–(ख), ७–(घ), ८–(क), ९–(ग), १०–(क), ११–(ग) 

स्रोत विभिन्न पत्रपत्रिका
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप