आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

फाइनल पुग्न बैंगलोर र राजस्थान भिड्दै

शुक्रबार, १३ जेठ २०७९, ११ : ४८
शुक्रबार, १३ जेठ २०७९

इन्डियन प्रिमियर लिग (आइपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायरमा आज (शुक्रबार) राजस्थान रोयल्स र रोयल्स च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्दैछन् । गुजरातमा हुने राजस्थान र बैंगलोर बीचको खेल नेपाली समयअनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै फाइनल पुग्ने दुई टोलीको योजना छ ।

बैंगलोरले हालसम्म आईपीएलको उपाधि जित्न सकेका छैन् । त्यसैले बैंगलोरका लागि यो खेल महत्वपूर्ण छ । यता राजस्थान भने आजको खेलमा सहज जित निकाल्दै दोस्रो उपाधिको नजिक पुग्ने योजनामा छ । राजस्थानले सन् २००८ मा पहिलो पटक आईपीएलको उपाधि उचालेको थियो ।

यता तीनपटक फाइनलमा पुगेर पनि उपाधि जित्न चुकेको बैंगलोर यो पटक फाइनलमा पुग्दै उपाधि रक्षा गर्ने योजनामा छ ।  बैंग्लोर सन् २००९, २०११ र २०१६ मा फाइनल पुगेको थियो । यता राजस्थानका लागि यो खेलमा जित निकाल्न सकेमा दोस्रो फाइनल खेल हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप