संसदमा होहल्ला : मन्त्री बडू संसदमा बोल्दा एमाले सांसदको विरोध
प्रतिनिधिसभामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले बिहीबार संसदमा बोल्दै नेपाल आयल निगमलाई निजीकरण गर्न लागेको भनाई आधारहीन र राजनीतिक पूर्वाग्रहका आधारमा रहेको बताएपछि एमालेका सांसदहरुले नियमापत्ति जनाएका छन् । शुक्रबार मन्त्री बडू बोल्दै गर्दा एमाले सांसद खगराज अधिकारीले नियमापत्ति गर्दै मन्त्री बडूका अभिव्यक्ति फिर्ता लिनुपर्ने बताएका थिए ।
त्यसपछि एमालेका सांसदहरु उठेर विरोध गरेका थिए । त्यसलगत्तै सभामुख अग्नि सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न दिएका थिए । भट्टराईले पनि मन्त्री बडूले बोलेको शव्दहरु रेकर्डबाट हटाउन र आयल निगमको घाटाबारे छानविन समिति बनाउनुपर्ने बताए ।
त्यसपछि पुनः अधिकारीले मूल्य समायोजनका लागि छानविन समिति गर्न माग गर्दै मन्त्री बडूले बोलेका आपत्तिजनक शब्द नहटाएसम्म संसद चल्न नदिने चेतावनी दिए । त्यसपछि सभामुख सापकोटाले रेकर्ड हेरेर आवश्यक प्रक्रिया पुरा गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?