शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कामना विकास बैंकको शाखारहित बैंकिङ्ग सेवा चितवनको जोरकुलामा

शुक्रबार, १३ जेठ २०७९, १० : ४३
शुक्रबार, १३ जेठ २०७९

कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा जेठ १२ गते बिहीबारबाट चितवनको राप्ती न.पा. वडा नंं ०८ जोरकुलामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । 

त्यसक्रममा राप्ती नगरपालिका वडा नम्बर ८ जोरकुलास्थित सुप्रिया थोक तथा खुद्रा किराना पसल (प्रो. सोम प्रसाद अधिकारी) लाई शाखारहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । राप्ती नगरपालिका वडा नंं ०८ का वडा अध्यक्ष पुर्ण प्रसाद आचार्यले उक्त शाखा रहित बैंकिङ्ग सेवाको सेवाराम्भ गरेका हुन् ।

कार्यक्रममा बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीयहरु सहभागी रहेका थिए ।

शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने बैंकले जनाएको छ  । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप