शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘सेतो बाघ’ भोड्का बजारमा

शुक्रबार, १३ जेठ २०७९, १० : ४०
शुक्रबार, १३ जेठ २०७९

नेचुरल स्पिरिट्स नेपालद्वारा उत्पादन गरिएको नयाँ ब्राण्डको भोड्का बजारमा आएको छ ।  कम्पनीले  सेतो बाघ भोड्का बजारमा ल्याएको हो ।  नेपाली स्वादको यो मदिरा देशको सबै मुख्य पसलहरूमा बिक्री वितरण शुरु गरिएको कम्पनीको भनाइ छ । 

‘बजारमा उपलब्ध भैरहेका अन्य भोड्काहरु भन्दा भिन्न तर उत्कृष्ट स्वादको यो भोड्का अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप तयार पारिएको छ। उक्त ब्रान्डलाई देशव्यापी वितरण गर्ने क्रममा हालै -याडिसन होटल काठमाडौंमा एक भव्य समारोह बीच उक्त ब्रान्डलाई सार्वजिनिक गरियो’, कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

कम्पनीका चेयरम्यान अशिम सिटौला यस भोड्काको आगमनले भोड्काप्रेमीहरुको बढ्दो चाहनाको पूर्ति गर्नेमा विश्वास व्यक्त गरे । भोड्कामा हिमालयको झरनाबाट बहेको चिसो स्वच्छ पानी र युरोपबाट आयातित प्रमुख कच्चा पदार्थहरूको मिश्रण रहेको बताइएको छ ।  सेतो बाघ १८० मिलि, ३७५ मिलि र ७५० मिलिमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप