काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाऔं : बालेन साह

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्य सम्पन्न गर्ने बताएका छन् । शुक्रबार विहान निर्वाचन अधिकृत कार्यालयद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा साहले आफूले निर्वाचनको परिणामलाई एउटा सुरूवातको रूपमा लिएको बताए ।
‘आजबाट हामीले एउटा सुरूआतको रूपमा लिएका छौं। निर्वाचनको परिणाम जुन आएको छ। यसलाई हाम्रो विजय भन्दा पनि हाम्रो कार्यको सुरूवात हुनेछ’, उनले भने, ‘अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यसम्पन्न गर्ने हाम्रो धारणा रहेको छ।’
उनले काठमाडौं महानगरलाई नै एउटा परिवारको रूपमा लिएको बताएका छन्।
‘काठमाडौं महानगर परिवारको रूपमा रहेको छ। सधै परिवार नै थियो र परिवारनै रहनेछ’, उनले भने ।
यस्तै उनले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता गरे । ,‘हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौं भन्ने आशा राखेका छौं।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाको भनेर भारतको राष्ट्रगान बजाएपछि पाकिस्तान क्रिकेट बोर्ड आईसीसीसँग रुष्ट
-
‘पहाड’ को छायाङ्कन पुनः सुरु
-
पूर्वराजालाई स्पेस दिनुपर्छ, म गणतन्त्रको विरोध गरिरहन्छु : लिङ्देन
-
प्रधानमन्त्री संसद विघटन गर्न उद्दत छन् : सापकोटा
-
फोन समात्ने तरिकाबाट थाहा पाउनुस् कसैको ‘पर्सनालिटी’
-
झापामा करेन्ट लागेर युवकको मृत्यु